Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

News and Updates
3 घण्टा अघि

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ ।

 

बैठकमा शुक्रबारदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।

 

साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया