Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव

News and Updates
3 घण्टा अघि

काठमाडौँ, ११ वैशाख । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा एमालेले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव युथ सेलिब्रेशनको आयोजना गरेको छ ।

 

 

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको छ । स्वदेशमा रोजगारी र समृद्धिका लागि युुवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

 

 

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन् । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने राष्ट्रिय बताए ।

 

 

कार्यक्रमलाई प्रधानमन्त्री एवं एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलसहित अन्य वक्ता सबै युवा हुने छन् ।

 

 

 

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया