Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

News and Updates
3 घण्टा अघि

काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन् ।

 

विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएसँगै एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया