News and Updates
8 घण्टा अघि

काठमाडौँ, १२ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल र जनमत पार्टीले भारतको जम्मू–काश्मिरको पहलगाममा भएको आतङ्ककारी आक्रमणको घोर निन्दा तथा भत्र्सना गरेका छन् ।
लोसपा नेपाल र जनमत पार्टीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आतङ्कवादविरुद्ध सबै एकजुट भई लड्नुपर्ने आजको आवश्यकता रहेको जनाएका छन् ।
यही वैशाख ९ गते मङ्गलबार पहलगाममा भएको आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ पर्यटकको ज्यान जानुका साथै केही व्यक्ति गम्भीर घाइते भएका थिए ।
दुवै पार्टीले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया