Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

२४ औं दिन पनि शिक्षकहरु सडकमा, चर्को घाममा नाचगान

News and Updates
7 घण्टा अघि

काठमाडौं । शिक्षक–कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन आज(शुक्रबार) २४ औैं दिन पनि जारी राखेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो ।

 

आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् ।

 

शुक्रबारको चर्को घाममा पनि शिक्षकहरुले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरुले दबाबमूलक गीतहरु बजाएर नाचगान गरेका हुन् ।

 

शिक्षकहरुले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया