Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : सांसद विष्ट

News and Updates
7 घण्टा अघि

काठमाडौं । नेकपा एमालेका सांसद गोर्कण विष्टले देशलाई सहि बाटोमार्फत र जनतामा आशा जगाउने हिसावले अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

 

 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्नेगरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।

 

 

उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न सक्नुपर्छ । केही अराजकता, अस्थिरता चाहने शक्तिहरुले नेपाली समाजलाई दिशाविहीन बनाउने कोशिस गरिरहेका छन् । तर जनताले हामीलाई सुम्पिएको दायित्व भनेको देशमा देखापर्ने सम्भाविता, अराजकता र अस्थिरतालाई संबैधानिक कानूनी हिसावले नियन्त्रण गर्दै देशलाई सही बाटोबाट अगाडि लौजाने र जनतामा आशा जगाउने हिसावले अगाडि बढाउन जरुरी छ ।’

 

 

साथै उनले सांसदहरुले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्ने बताए । उनले सरकारले आमजनताका समस्याहरु समाधान गर्ने गरी, सम्भावनको अधिकतम उपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।

 

 

उनले भने, ‘सांसदहरुले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्दछ । संसदीय मर्यादा बलियो हुन सक्छ । सरकारले आम जनताका समस्याहरु समाधान गर्नेगरी, सम्भावनको अधिकतम उपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याएर जनताका बिचमा आशा जगाउने छ । उत्पन्न भएका अनेकौं संकटको समाधान लोकतन्त्रको अभ्यासद्वारा नै आशा जोगाउन आवश्यक छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया