Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुँदै

News and Updates
9 घण्टा अघि

काठमाडौं । नेपाल हक्की संघले यही बैशाख १७ गते देखि २६ गतेसम्म ‘राष्ट्रिय पुरुष हक्की प्रतियोगिता’ र बैशाख १८ देखि २६ गतेसम्म ‘राष्ट्रिय महिला हक्की प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।

 

 

आइतबार पत्रकार सम्मेलन गर्दै हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा ८ र राष्ट्रिय महिला हक्की प्रतियोगितामा ४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराएका हुन् ।

 

 

ललितपुरको च्यासल फुटबल मैदानमा हुने प्रतियोगितामा पुरुष प्रतियोगितामा मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपीएफ क्लब सहभागी हुने छन् भने सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने महासचिव श्रेष्ठले जानकारी दिए ।

 

 

यस्तै, महिलातर्फको प्रतियोगितामा नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

 

 

महासचिव श्रेष्ठका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ ।

 

 

प्रतियोगिता सञ्चालन गर्न पुरुषतर्फ करिब रु.३५ लाख र महिला हक्की प्रतियोगिताको लागि रु.२५ लाख खर्चको अनुमान गरिएको छ ।

 

 

हक्कीको पूर्वाधार नभइरहेको अवस्थामा पूर्वाधार निर्माणका लागि धुलिखेलमा जग्गा समेत प्राप्त गरेको पनि जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया