Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

थारूकाे परम्परागत संस्कृति जाेगाउन हुकेहुक्का महोत्सव हुँदै

रातो कागज
1 वर्ष अघि

२५ कार्तिक, गाइघाट । थारू समुदायकाे परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरकाे ज्यामिरेमा आज प्रथम उदयपुर हुकेहुका महोत्सव-२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम आज हुँदै छ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा आज चौदण्डिगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महाेत्सव हुने आयाेजकले शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईने उक्त महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहलाई क्रमश: ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले जनाएकाे छ ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिने छ ।

हुकेहुकाको बनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभूषा/पहिरणको आधारमा प्रतियोगिताको मुल्यांकण गरिने छ ।

त्यस्तै प्रतियोगितामा सहभागि व्यक्ति वा समुह स्वयंले नै हुकेहुकाको लागि चाहिने आवश्यक सर-समान ल्याउनुपर्ने छ भने प्रत्येक टोली वा समुहमा कम्तिमा ७ जना र बढीमा १० जना सहभागि हुन पाउनेछन् ।

प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई ५ मिनेटको समय तोकिएको छ ।

थारू समुदायमा परापुर्वकाल देखि तिहार (शुकराईत) मा लक्ष्मी पुजाको दिन धुमधामका साथ मनाउदै आएको हुकेहुका हाल लोप हुन लागेको भन्दै संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका संयाेजक हृदयनारायण चाैधरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया