४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

पशुपतिमा गरियो सामूहिक गाई पूजा

२७ कात्तिक, काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेर मनाएका छन् ।

घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।

हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा यसपटक पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ ।

हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्