‘दिमाग खराब’ ले उठाएको मागलाई निर्माता संघले साथ दिने
३० कात्तिक, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले ‘दिमाग खराब’ले उठाएको मागप्रति ऐक्यबद्धता जनाएको छ।
संघको आज बसेको बैंठकले फिल्म निर्माताको माग जायज रहेको बताउँदै समर्थन जनाउने निर्णय लिएको अध्यक्ष नवल खड्काले बताए।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले विभेद गरिएको भन्दै माग पूरा नभए शुक्रबारबाट चलचित्र प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।
यसै विषयमा छलफल गर्न बिहीबार निर्माता संघको बैठक बसेको थियो। निर्देशक बस्नेतसहित बसेको सो बैठकदे समग्र निर्माताहरूकै भावनाबमोजिम निष्कर्ष निकालिएको खड्काले बताएका छन्। उक्त मागप्रति चलचित्र निर्माता संघले ऐक्यबद्धता जनाएको हो।
प्रदर्शकबाट नेपाली फिल्मलाई सधैँ सौतेनी व्यवहार हुँदै आएको संघका महासचीव सुनिल कुमार थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘दिमाग खराब’ का टिमले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन्।
शर्त पूरा नभएको खण्डमा चलचित्र भोलिबाट हलबाट उतार्ने उनीहरूको चेतावनी छ।
प्रतिक्रिया दिनुहोस्