४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनवाइ न्यायाधीश चुडालको इजलासमा

४ मंसिर, काठमाडौं। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेका विभिन्न १०रिटलाई एकैसाथ राखी सुनुवाइ हुन लागेको हो।

रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका छन् ।

टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।

नागरिकका लागि अपूरणीय क्षति हुने भन्दै उनीहरुले आफूहरुको निवेदनमा अन्तरिम आदेश जारी हुनुपर्ने माग समेत गरेका छन् ।

२७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्