४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

भरतपुरमा बोराभित्र महिला र पुरुषको शव भेटियो

६ मंसिर, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।

सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्