४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

नेपाल प्रहरी भन्छ : मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्नुस्

६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्न आग्रह गरेको छ । आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए ।

उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे । उनले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए ।

उनले मंसिर ७ गतेको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रुपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।

उनले भने, ‘भोलिको कार्यक्रमलाई मध्यनजर गरी हामीले दुवै स्थानमा हुने कार्यक्रमको लागि समारोहस्थल र सम्भावित मानिसहरु भेला हुने विभिन्न ठाउँबाट र आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई स्मोथ गर्ने, उहाँहरुलाई शाीन्त सुरक्षाको अनुभूति दिलाउने हिसावले हाम्रा विभिन्न हाम्रो काठमाडौंमा सर्कल छ, सर्कल सेक्टरबाट हाम्रो तालुक कार्यालयबाट प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयबाट आएका मद्दतहरुलाई हामीले पूर्ण रुपमा सुरक्षा दिनेगरी हामीले प्रवन्ध गरेका छौँ ।’

उनले काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए ।

उनले भने, ‘ प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ । आफ्नो पेशा र दैनिकीमा जानेहरुलाई कुनैपनि अवरोध हुने छैन । अत्यावश्येक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गरेका छौँ । काठमाडौंका ९० भन्दा बढी ठाउँमा हाम्रा मोबाइल, तयारी अवस्थामा रहनेछन् ।’

प्रतिक्रिया दिनुहोस्