Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको धक्का

रातो कागज
1 वर्ष अघि

७ मंसिर, काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिए ।

उनका अनुसार परकम्प काठमाडौँ नजिक भएकाले आसपास जिल्लामा ठूलो धक्का महसुस गरिएको छ ।

काठमाडौँसहित धादिङ, मकवानपुरमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि मङ्सिर ४ गते बझाङको धमेना केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया