३ आश्विन २०८१, बिहीबार
खेलकुद

एनएसएलमा धनगढीले वीरगञ्जलाई हरायो

१० मंसिर, काठमाडौं । दुई विदेशी खेलाडीको गोलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडलाई २-१ ले हराएर विजयी सुरुवात गरेको छ ।

धनगढीका लागि फोडे फोफानाले दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगंजका लागि हान्स क्वाफीले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याए ।

त्यसपछि अहमद हिजाजीले खेलको अन्तिमतिर गोल गरेर टिमलाई जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्