४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छः ओली

२८ मंसिर, तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् ।बिहीवार तेह्रथुममा महाकाली-मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘ सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । ‘

उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गरे । उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । ‘खर्बौंको कारोबार, खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ । सयौँ गुणा फरक छ यसमा ।’

उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए । चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको बताए । उनले नागरिकहरुले सरकारको संलग्नत छ भने पनि सरकार बोल्न नसकेको बताए ।

उनले भने, ‘यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैँ नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमीसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ ।’

अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे । उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्