३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

पत्रकार सहदेव चौधरीको ‘चोखो माया’ बजारमा

३ पुस,काठमाडौँ। पत्रकार सहदेव चौधरीले चोखो माया बोलको गीत बजारमा ल्याएका छन्।

चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ। प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन्।

एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन्।

‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो।

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्