५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति र प्रधानमन्त्री निवास बाहिर थप २ महिना प्रदर्शन निषेध

४ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार वरपरको क्षेत्रलाई निषेधित क्षेत्र कायम राखेको छ ।

गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।
राष्ट्रपति कार्यालयमा पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो पवित्र वर्कसप चोकबाट रसियन दूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम र राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई अनशन, धर्ना घेराउ र विरोध प्रदर्शन गरिएकााले त्यस्ता काम गर्न रोक लगाएको उल्लेख गरेका छन् ।

ती क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना

प्रतिक्रिया दिनुहोस्