४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कैलाली र कञ्चनपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

८ पुस, धनगढी । कैलाली र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिबार भएका दुर्घटना बालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वेदकोट नगरपालिका-६ सिसैयामा से१त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बैतडीको दोगडाकेदारका ६ वर्षीय लवचन्दको मृत्यु भएको हो ।

हालवेदकोट नगरपालिका-६ स्थित मामा घरमा बस्दै आएकाचन्दको शनिबार साँझतिर घर नजिकै खेलिरहेको अवस्थामा ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर र ट्याक्टर चालकवेदकोट-१० नयागाउँ बस्ने ४५ वर्षीय रामबहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार नै धनगढी- १८ को फूलबारी ई गाँउमा से५प ४७७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी-१२ जुगेडा बस्ने २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जिल्लामा भएका सवारी दुर्घटनाबारे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्