४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

एमाले अध्यक्ष ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेट

१९ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेट भएको छ ।

भेटमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएकाले त्यसमा सघाउन अनुरोध गरे ।

‘भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्