४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

माओवादीले टुंग्यायो राष्ट्रिय सभाको उम्मेदवार

राष्ट्रियसभामा माओवादीका तर्फबाट उम्मेदवार तय भएका नेता झक्कुप्रसाद सुवेदी ।

२२ पुस, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘मोटामोटी नाम टुंगो लागेको छ । केहीबेरमा गठबन्धनको बैठक बस्छ । त्यसपछि अन्तिम रुप दिन्छौं ।’

अर्का एक पदाधिकारीका अनुसार कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार हुनेछन् ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्