४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने

२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । विधान मस्यौदामाथि छलफल गर्न र चार महिने अभियानको समीक्षा गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको हो ।

पार्टी सचिव राम कार्कीका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ भने चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ । माओवादी केन्द्रको भदौदेखि सुरु अभियान समापन गरिसकेको छ । सात वटै प्रदेशबाट आउने अभियानको रिपोर्टसहित स्थायी कमिटीमा छलफल हुनेछ ।

यस्तै पार्टीले आगामी फागुन पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरेको छ । त्यसका लागि माओवादी केन्द्रले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो । समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

पार्टीले यसअघि तोकेका जिम्मेवारीमा समेत हेरफेर हुनसक्ने माओवादी नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्