रातो कागज
1 वर्ष अघि

८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यममा समाचार आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका छन्।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सञ्चार माध्यममा आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको बताएका हुन्।
उनले ग्लोबल आइएमी बैंकले पठाएको पत्र पढ्दै भने, ‘बैंकमा मेरो खातामा पैसा जम्मा गर्न चेक डिपोजिट भएको र चेकमा पैसा नभएपछि चेक फर्किएको छ। त्यसैले मेरो खातामा चेक डिपोजिट भएको तर पैसा आएको छैन।’
फेसबुकबाट तपाईको प्रतिक्रिया