४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

गोली हानेर गैँडा मारेको अभियोग लागेका युवक ३ वर्षपछि पक्राउ

११ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मारेर खाग लगेको अभियोग लागेको एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् ।

निकुञ्ज कार्यालय कसराले दिएको जानकारी अनुसार गैंडालाई मारेर खाग लगेको अभियोग लागेका चितवनको राप्ती नगरपालिका-६ का टिकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरालाई हेटौंडा-२ चौकीटोलबाट माघ ९ गते पक्राउ गरिएको हो ।

विषेश सूचनाको आधारमा नेपाली सेनाको विषेश टोली तथा निकुञ्ज सुरक्षार्थ बसेको खड्क दलको सेनाको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेश गरेको छ ।

बोहरासहितको टोलीले २०७६ भदौं ३१ गते निकुञ्जको अमलटारी क्षेत्रको बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा बयष्क भाले गैंडा मारेर खाग लगेको तथा २०७७ कार्तिक २२ गते दिउँसो २ बजे भोसरघाटको आइल्याण्ड क्षेत्रमा एक गैंडालाई गोली हानेर मारेर खाग काटेर लगेको अभियोग लागेको छ ।

उक्त घटनामा २४ जना व्‍यक्तिलाई निकुञ्जले प्रतिवादी बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्