४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

३ डिग्रीमा झर्याे काठमाडौंकाे न्यूनतम तापक्रम, तराईमा हुस्सु

१२ माघ, काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो ।

यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।
आज शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दछ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएको छ । त्यसैले अघिल्ला दिनको तुलनामा जाडो झन् बढेको छ ।

यद्यपि लामो समयदेखि हिउँदे वर्षा नभएकाले यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम जाडो छ । यदि पानी पर्ने हो भने काठमाडौंको न्यूनतम तापक्रम घटेर जाडो झन् बढ्न सक्ने मौसमविदहरु बताउँछन् । तर आगामी तीन दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद गोविन्द झा बताउँछन् ।

आज शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दछ ।

यस्तै तराईका जिल्लाहरुमा शितलहर तथा हुस्सुले जनजीवन प्रभावित भएकाे माैसम विभागले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्