४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुन तोलामा ३ सय रुपैयाँ बढ्यो

१६ माघ, काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिनसम्म प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेको सुन मंगलबार १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४०५ रुपैयाँ रहेकोमा मंगलबार १ हजार ४२० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्