३ कार्तिक २०८१, शनिबार
राजनीति

कांग्रेस संसदीय दलको बैठक सुरू, ज्ञानेन्द्र कार्की उपस्थित

१९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक सुरू भएको हो ।

बैठकमा कांग्रेसका पदाधिकारीहरू उपस्थित भएका छन् । अख्तियारले पटक-पटक बोलाउँदा नगएका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की कांग्रेसको संसदीय दलको बैठकमा भने उपस्थित भएका छन् ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए ।

बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरु