४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

भक्तपुर स्थानीय स्काउट परिषद सदस्‍यमा पवनकुमार बल्ल निर्विरोध निर्वाचित

२६ माघ, भक्तपुर । नेपाल स्काउट स्थानीय स्काउट परिषद निर्वाचन २०८० का लागि स्थानीय स्काउट परिषदको तालिम सदस्‍यमा पवनकुमार बल्ल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भक्तपुर नगरपालिकामा भएको निर्वाचनमा बल्ल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै खुल्ला पुरुषतर्फ सदस्य पदमा ५ जना र खुल्ला महिलातर्फ ५ जना निर्वाचित भएका छन् ।

खुल्ला पुरूषतर्फ निर्वाचित हुनेमा न्हूज किजू, निरन्जन बेकाजू, बालकृष्ण बनमाला, किशोर गोसाई र पूर्णभक्त दुवाल रहेका छन् ।

यस्तै खुल्ला महिलातर्फ निर्वाचित हुनेहरुमा रीना सुवाल, रूबिना छुस्याबाग, पुष्पा प्रजापति, सीतामैया त्वानाबासु र रोजिना बनमाला रहेको निर्वाचन अधिकृत रामप्रसाद प्रजापतिले बताए ।

उनका अनुसार निर्वाचनमा खुल्ला पुरुषतर्फ सदस्य पदका लागि आठ जना र महिलातर्फ ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ विष्णुलक्ष्मी कोजू पराजित भइन् । उनी २६ मतमा सिमित भएको नियम अनुसार पुरुषतर्फ पाँच जना र महिलातर्फ पाँच जना निर्वाचित हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्