५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

आफ्नै भवन बनाउन एमालेले कार्यकर्ताबाट सय रुपैयाँ उठाउने

३ फागुन, काठमाडौं । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय बनाउन पार्टी सदस्यहरुसँगसय रुपैयाँ उठाउने भएको छ ।

केन्द्रीय सचिवालय बैठकले मासिक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो । ‘आफ्नै कार्यालय भवन निर्माण गर्न पार्टी सदस्यबाट सय रुपैयाँ संकलन गर्ने निर्णय गरेका छौं’, महासचिव शंकर पोखरेलले भने ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पैसा संकलन कसरी गर्ने भन्नेबारे थप निर्णय हुन भने बाँकी छ । ‘सबै नेता–कार्यकर्तालाई आफ्नो पार्टी कार्यालय बनाउने अभियानको अपनत्व दिलाउन खोजिएको हो’ गौतमले भने, ‘सय रुपैयाँ अभियान भनेको मेरो पार्टी कार्यालय म बनाउँछु भन्ने हो ।’

अहिले तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलबाट चलिरहेको छ । २०७२ को निवासकारी भूकम्पबाट बल्खुस्थित एमालेको केन्द्रीय मुख्यालय भत्किएको थियो । त्यसपछि धुम्बाराही र थापाथलीमा भाडामा बसेको एमाले दुई वर्षदेखि च्यासलबाट चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्