५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा

४ फागुन, पोखरा । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश आज ६ वर्ष पूरा भएर सातौं वर्षमा प्रवेश गर्दैछ ।

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए ।

‘नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशवासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ । यसमा सबै तहका सरकार र सरोकारवालाहरुको सहकार्य र साथ जरुरी रहेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्