३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

नेपालविरुद्ध बिर्सनलायक बलिङ गरेका आर्यनको नामिवियाविरुद्ध पाँच विकेट

७ फागुन, काठमाडौं – नेरदल्यान्ड्सका स्पिनर आर्यन दत्तले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध आफ्नो ओडीआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका छन् ।

चोभार एन्डबाट आएका लेग स्पिनर उनले पाँच विकेट लिँदै टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिवियालाई दयनीय अवस्थामा पुर्याएका छन् ।
टियुको विहानी कन्डिसनको भरपूर्ण फाइदा उठाए । उनले नवौं ओभरको दोस्रो बलमा माइकल भान लिंगेलनलाई ४ रनमा एलबीडब्लू आउट गरे ।

यसै ओभरको अन्तिम बलमा जेपी कोट्जीलाई ५ रनमा बोल्ड गरे । ११ औं ओभरको तेस्रो बलमा जेन फ्रेलिंकलाई शून्यमा एलबीडब्लू आउट गरे । जेराल्ड इरास्मसलाई १३ रनमा क्याच र जान निकोल लोफ्टीलाई शून्यमा बोल्ड गरेका थिए ।

एक समय ७.२ ओभरमा २०–० को अवस्थामा पुगेको नामिविया १३ ओभरमा ४४–६ को दयनीय अवस्थामा पुगेको थियो । आर्यनले ४ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका छन् । नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । आर्यनले मात्रै ३ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरेका थिए ।

नामिवियाले १५ ओभरमा ६ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिवियाको अन्तिम आशाको रुपमा जेजे स्मिथ ७ र जेन ग्रिन १ रनमा क्रिजमा छन् ।

नेपालसँग पहिलो खेलमा ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सले रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई खेलाएको छ । शरिज अहमद र वेस्ली ब्यारेसीलाई बेन्चमा छन् ।उता नामिवियाले टोलीमा एक परिवर्तन गरेको थियो । नेपालविरुद्ध डेब्यू खेल खेलेका ज्याक ब्रासेललाई बाहिर राख्दा जेपी कोट्जीलाई खेलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्