४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

प्रधानमन्त्रीले १९ फागुनमा लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्ने

९ फागुन, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

बुधबार लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफूले लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधन गर्ने बताएका हुन् ।

प्रदेश सरकारले लुम्बिनीलाई विश्वमा चिनाउन प्रदेश नोबेल पुरस्कार विजेताहरुको ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्दैछ । लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल गर्न मुख्यमन्त्री चौधरी बुधबार बालुवाटार गएका थिए ।

भेटवार्तामा सम्मेलनका लागि प्रदेश सरकारले गरेको अहिलेसम्मको तयारी तथा अवस्थाको बारेमा मुख्यमन्त्ती चौधरीले प्रधानमन्त्रीलाई जानकारी गराएका मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्माले बताए ।

यस्तै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सभा वैठकमा फागुन १९ गते सम्बोधनको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । मुख्यमन्त्रीको अनुरोध प्रधानमन्त्रीले स्वीकार गरेका प्रेस संयोजक शर्माले बताए । लुम्बिनीमा फागुन १८ गते देखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै छ ।

‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्