४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

१० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०औँ उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति कार्यालयले बिहीबार पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेको हो ।

त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६० देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए ।

शिक्षामन्त्री अशोककुमार राई अध्यक्ष रहेको छनोट समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्