मास्क लगाएकी महिलाले प्रसूति गृहबाट लगेकी थिइन् शिशु
१० फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ ।
अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।
अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहाँ खबर गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका छन् ।
‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ’, उनले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ ।’
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्