४ आश्विन २०८१, शुक्रबार
राजनीति समाचार समाज

अब संघीयता सबल रुपमा कार्यान्वयन हुनेछ : प्रचण्ड

१२ फागुन, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संघीयता कार्यान्वयनमा विशेष ध्यान दिएको बताएका छन् ।

सिरहाको सिरहा नगरपालिका– १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने झोलुंगे पुलको उद्घाटन गर्दै उनले अब संघीयता सबल रूपमा कार्यान्वयन हुने बताए । ‘केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी ऐन पनि कार्यान्वयनमा आउनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

उनले तीन तहको सरकारको सहकार्यबाट हुने विकास निर्माणले मात्रै संघीयतालाई सबल तुल्याउने भन्दै मधेशको विकास बिना मुलुकको विकास नहुने पनि बताए ।

नेपालको विकट भूगोलका कारण अझै झोलुंगे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुंगे पुलको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले कमला नदीमा तटबन्ध निर्माण गर्ने र अन्य पुल निर्माणमा पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्