४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन राष्ट्रपतिको दबाब

१३ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना भतिजलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई दबाब दिएका छन् ।

राष्ट्रपतिले भतिज अनिलराज पौडेललाई नियुक्त गर्न दबाब दिएपछि मन्त्री आचार्यले राष्ट्रपतिले इच्छाएको व्यक्तिलाई परिषद्को उपाध्यक्ष बनाउन सचिव सुमनराज अर्याललाई निर्देशन दिएका छन् ।

२६ माघमा मन्त्री आचार्य समक्ष परिषद्मा राष्ट्रपति पौडेलका भतिज अनिलले ‘नियुक्ति दिलाई पाउँ’ भन्दै निवदेन दिएका थिए ।

पौडेलले पत्र लेखेको तीन दिनपछि २९ माघमा मन्त्री आचार्यले ‘श्री सचिवज्यू प्रक्रिया अघि बढाउन’ भनी तोक आदेश दिएका छन् । मन्त्री आचार्य राष्ट्रपति पौडेलका भाञ्जा हुन् ।

मन्त्री आचार्यले तोक आदेश दिएपनि सचिव सुमनराज अर्यालले पौडेलको नियुक्ति प्रक्रिया अघि नबढाएको स्रोतको दाबी छ । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनका भतिज अनिलले सहकारी विकास बोर्डको अधिकृत तहको जागिरबाट स्वेच्छिक अवकाश लिएका थिए ।

यसअघिकी समाजकल्याण मन्त्री उमा रेग्मीले अमेरिकाको स्थायी बसोबास अनुमति प्राप्त बुहारी मोनिका भट्टराई अधिकारीलाई उपाध्यक्षमा नियुक्त गरेकी थिइन् । विवाद भएपछि मोनिकाले १४ माघमा राजीनामा गरेकी थिइन् ।

समाज कल्याण परिषद्को उपाध्यक्षको सेवा अवधि ४ वर्षको हुन्छ भने सेवा सुविधा सचिवसरह हुन्छ । परिषद राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सूचीकरण तथा अनुगमन गर्ने निकाय हो ।

हेर्नुहोस् पत्र : 

प्रतिक्रिया दिनुहोस्