४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम २ को उपचुनाव : २४ चैतमा उम्मेदवारी दर्ता हुने

१४ फागुन, काठमाडौं । इलाम २ र बझाङ १(१) मा हुने उपचुनावका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिन्ह प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्