३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

१६ फागुन, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए ।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्