४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

भक्तपुरका नवनियुक्त स्काउटलाई बधाई तथा शुभकामना

१८ फागुन, भक्तपुर । भक्तपुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरु, प्रदेश स्काउट परिषद् र स्थानीय परिषद् र स्थाय परिषदका सदस्यहरुलाई भक्तपुर स्थानीय स्काउटका प्रमुख तथा उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा भएको बधाइ ज्ञापन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउटले महत्वपूर्ण भूमिका रहने बताइन्। भक्तपुरलाई शिक्षाको गन्तव्य बनाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को घोषणापत्र अनुरुप कार्य गरिरहेको बताउँदै शिक्षालाई व्यवहारिक बनाउन र ज्ञानसहितको शिक्षा दिन स्काउट उपयोगी रहेको उनले बताइन्।

अहिलेको युगमा इन्टरनेटका नराम्रा पक्षहरुबाट बालबालिका र युवाहरुलाई जोगाउनका लागि स्काउटिङ्ग कक्षा अपरिहार्य रहेको बताइन् । नेपाल स्काउटका नवनियुक्त राष्ट्रिय आयुक्त महेन्द्र राज रञ्जितले नेपाल स्काउटको ऐनलाई प्रतिष्ठापन गर्ने गरी नयाँ विधेयक सदनमा प्रस्तुत हुन गइरहेको उनले जानकारी गराइन् ।

जनतालाई अनुशासित बनाउन, स्वयंसेवी भावना जगाउनका लागि स्काउटको पाठ्यक्रम विकास गरिएको बताउँदै विभिन्न उमेर समूहका लागि नीतिहरु बनाइ सकेको बताए । स्काउटलाई सवल र सक्षम बनाउनका लागि स्थायी आयस्रोतका लागि स्थानीय स्काउटले कार्य गर्नुपर्छ उनले भनिन् ।

कार्यक्रममा स्काउटका आयुक्त शिवराम अर्याल, पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, पूर्व तालिम आयुक्त भक्त राजभण्डारी स्काउटको गरिमाका विषयमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा चाँगनारायण नगरपालिकाका आयुक्त राजकुमार जरेजु, मध्यपुर थिमीका आयुक्त तुल्सीहरी प्रजापति, सूर्यविनायक नगरपालिकाका आयुक्त कृष्मा थोकरलाई स्काउटका विकासमा लागिपर्ने बताए ।

भक्तपुर नगरपालिकाका आयुक्त बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय परिषदका सदस्यहरु रत्ना चवाल, कृष्णसुन्दर प्रजापति, मैयाँ त्वायनाबासुलगायतलाई सम्मान गरेको थियो । यसैंगरी बागमति प्रदेशका आयक्त शिवकुमार त्वायनासहित परिषद सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।

राष्टिय प्रधान कार्यालयका आयुक्तहरु पनि सम्मानित भएको कार्यक्रममा भक्तपुरका चारवटै नगरपालिकाका परिषद सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्