३ आश्विन २०८१, बिहीबार
राजनीति समाचार समाज

पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी

२४ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेर सुरक्षाकर्मी परिचालन गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रहरी जनशक्ति विहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेतृत्वमा टोली खटिने छ ।

पशुपति क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधिलाई ड्रोनबाट समेत निगरानीको व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्रमा आपतकालीन उद्धार टोली र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्