३ आश्विन २०८१, बिहीबार
खेलकुद समाचार समाज

हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता, पानीले फेरि खेल रोकियो

२७ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत हङकङसँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ७.२ ओभरमा ६१ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।

गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका गरेका हुन् ।

८ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको स्थितिमा फेरि पनि परेपछि अहिले खेल रोकिएको छ। यसअघ पनि वर्षाले केहीबेर खेल रोकिएको थियो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्