६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

२८ फागुन, काठमाडौं । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेका थिए ।

‘शत प्रतिशत सन्तुष्टि र स्वीकार्यता कहीँ पनि हुँदैन । अलि अलि असन्तुष्टि गर्ने कुरालाई सकारात्मक नै लिन्छौं’, उनले भने, ‘सरकारमा जान नहुने मत लगभग थिएन । छलफल गरेर निर्णय गरेको भए हुन्थियो भन्ने मत थिए ।’

उपसभापति स्वर्णिम वाग्लेले सरकारमा जाने निर्णय सुविचारित भएको जवाफ दिएका थिए । उनले सरकारमा जानुपर्नाको कारण लामो व्याख्यासहित केन्द्रीय सदस्यलाई जानकारी गराएका थिए ।

वाग्लेले सन् १९९६ को भारतको राजनीतिको प्रसंग उठाउँदै सरकारमा सहभागिता ठीक भएको बताएका थिए । ‘चेस खेल्न बसिसकेपछि गोटी नचाल्ने भन्ने हुँदैन’, उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्