३ आश्विन २०८१, बिहीबार
खेलकुद

चैत ३ गतेदेखि प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने

२८ फागुन, औराहा । जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने भएको छ ।

उपमहानगरपालिकाको विशेष सहयोगमा अभियान नेपालको आयोजनामा ३ चैतदेखि १० चैत सम्म औराहाको सेज क्रिकेट ग्राउण्डमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो ।

आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट ब्याट्समैन, उत्कृष्ट बवलर र उत्कृष्ट खेलाडीले जनही १० हजार नगद प्राप्त गर्नेछन् ।

उपमहानगर भित्र विभिन्न स्थानमा प्रतियोगिता सम्पन्न भए पनि जीतपुरसिमराबाट राष्ट्रिय स्तरमा र स्थानीय खेलाडी उत्पादन गर्ने हेतुले जितपुर सिमरा उपमहानगरलाई लक्षित गरि प्रथम जीतपुर सिमरा क्रिकेट कप आयोजना हुन लागेको हो ।

प्रथम जीतपुरसिमरा उपमहानगरपालिका क्रिकेट कपमा ६ वटा टिमको सहभागिता रहने प्रतियोगिताको संयोजक सोमलामा बोम्जनले पत्रकार सम्मेलनमा जानकारी दिए । बारा जिल्लामै सबै भन्दा बढी पुरस्कार राशिको प्रतियोगिता जीतपुरसिमरामा गराउनको लागि उपमहानगरको सहयोगमा मात्र हुन् लागेको बोम्जनले बताए । प्रतियोगितामा जिल्ला क्रिकेट संघ मकवानपुर, जिल्ला क्रिकेट संघ पर्सा, जिल्ला क्रिकेट संघ बारा र आयोजक जीतपुर सिमरा क्रिकेट क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित लागत करिब २४ लाख रहेको आयोजकले जनाएको छ । प्रतियोगिता संचालनको लागि आयोजकले धमाधाम रूपमा तयारी गरिरहेको प्रतियोगिताको संयोजक सोमलामा बोमजनले जानकारी दिए । प्रथम जीतपुरसिमरा क्रिकेट कपमा उपमहानगरले १५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले खेलकुद क्षेत्रको संरक्षण गर्ने दायित्वअनुसार प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजनाले राष्ट्रिय दक्ष खेलाडी उत्पादनमा टेवा पुर्‍याउने भएका कारण आफू र उपमहानगर सधैं खेल र खेलाडीको साथमा रहने बताए । उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल, समाजसेवी रबिन्द्र खकुरेल, अभियान नेपाल संस्थाको अध्यक्ष लक्ष्मी तिमल्सिना, युवा नेता त्रिलोक बिक्रम साह ठकुरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्