५ आश्विन २०८१, शनिबार
राजनीति समाचार समाज

जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने

२९ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभाको अध्यक्षमा कसैलाई भोट नहाल्ने भएको छ ।

अध्यक्षमा दुई जना उम्मेदवार छन् । राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्मा शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ ।

दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा आफू पुगेको जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सभाको बैठकमै गराएका छन् । ‘हामी दुवै उम्मेदवारलाई भोट नहाल्ने नो भोटमा अवस्थामा रहने निर्णयमा पुगेका छौं,’ सांसद विश्वकर्माले भने ।

राष्ट्रिय सभामा जनमोर्चाका एक सांसद विश्वकर्मा छन् ।

प्रतिक्रिया दिनुहोस्