३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

कार्यव्यवस्था समितिको बैठक जारी

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि बस्न लागेको प्रतिनिधि सभाको बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक जारी छ ।

कार्यव्यवस्था समितिको बैठकमा प्रतिनिधि सभाको आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा पनि नेताहरुबीच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डलाई उनको पार्टी माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, नाउपा, एकीकृत समाजवादी लगायत दलले समर्थन गर्न ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्