६ आश्विन २०८१, आईतवार
राजनीति समाचार समाज

सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । स्रोतका अनुसार उक्त प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ ।

यस्तै मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्य,सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई विभागीय कारबाहीको सिफारिस भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्