६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

नित्या रञ्जना लिपी सार्वजनिक, युनिकोडमा पनि लेख्न सकिने

३ चैत, काठमाडौं । नित्या रञ्जना लिपी सार्वजनिक भएको छ ।

शनिबार काठमाडौं बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित एक कार्यक्रममा रञ्जना लिपीको लिपी सार्वजनिक गरिएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले औपचारिक रुपमा रञ्जना लिपीको अनावरण गरिन् । उनले माइक्रोसफ्ट वर्डमा रञ्जना लिपीमा टाइप गरेरसमेत देखाइन् ।

कार्यक्रममा रञ्जना लिपीबारे स्वर वर्ण, व्‍यञ्जन वर्ण र अंकहरू कसरी लेख्‍ने भनेर रञ्जना लिपीमा टाइप गरेर देखाइएको थियो ।

यसका साथै रञ्जना लिपीलाई देवनागरिक लिपीको युनिकोड र नेवारी भाषाको युनिकोडमा पनि लेख्‍न सकिने क्यालिजात्रा फाउन्डेशनले जनाएको छ ।

एक टाइप र क्यालिजात्राले डिजाइन गरेको नित्या रञ्जना लिपीलाई मुरली के.प्रह्लादले प्रायोजन गरेको छ । जसमा तथागत विश्वास, नुपूर दत्य र आनन्द के महर्जनले लिपीको स्क्रिप्ट डिजाइनमा सहयोग गरेका छन् ।

आर्ट काउन्सिलमा रञ्जना फन्टमा लेखिएका अक्षरको प्रदर्शनीसमेत गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

प्रतिक्रिया दिनुहोस्