४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

एकै पटक १४१ डीएसपीको सरुवा (सूचीसहित)

८ चैत, काठमाडौं । नेपाल प्रहरीका १४१ जना नायव प्रहरी उपरीक्षा (डीएसपी)हरूको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको बुधबारको निर्णय अनुसार जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा डीएसपीको सरुवा भएको हो ।

इलाका प्रहरी कार्यालय चितवनका डीएसपी अनिल कुमार खड्काको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरूवा भएको छ भने गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डीउसपी अनिल ठकुरीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरूवा गरिएको छ ।

यस्तै, यस्तै पूर्वी रूकुमका डीएसपी अञ्जना श्रेष्ठलाई नेपाल प्रहरी शिक्षालय भरतपुर, प्रशासन शाखामा, पोखरा अपराध अनुसन्धान सहायतामा कार्यरत डीएसपी इकवाल हवारीको जिल्ला प्रहरी कार्यालय गुल्मीमा पठाइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखामा कार्यरत डीएसपी इन्द्रबहादुर रानाको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा सुरूवा गरिएको छ ।

प्रहरी वृत सातदोबाटो, ललितपुरमा कार्यरत डीएसपी उमेश जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइएको छ भने जिल्ला प्रहरी परिसर ललितपुर अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डीएसपी उमेश लम्साललाई लुम्बीनी प्रदेश प्रहरी कार्यालय दाङमा सरूवा गरिएको छ ।

हेर्नुहोस् कुन डीएसपीको सरूवा कहाँ भयो ?

प्रतिक्रिया दिनुहोस्