Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दाङमा करेन्ट लागेर एकै घरका तीनको मृत्यु

रातो कागज
1 वर्ष अघि

१० चैत, दाङ। करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया