४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

‘इलाम–२ को उपचुनावलाई रास्वपाले बनायो प्रतिष्ठा

१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ ।

नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ । २४ चैतमा उम्मेदवारी दर्ताको समय दिइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्दैछ ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा निरन्तर गतिविधि गरिरहेको छ । १४ फागुनमा बसेको पार्टीको सचिवालय बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डर बनाएर पठाएको थियो ।

त्यसपछि इलाम–२ का ६ स्थानीय तहमा मतदाताको धारणा बुझ्न सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललाई खटाएको थियो । उम्मेदवारका लागि खुला आह्वान गरेको रास्वपाले आगामी शनिबार इलाममै कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ ।

उम्मेदवारी घोषणासँगै सिंगो रास्वपा इलाम २ मा केन्द्रित हुने उपसभापति स्वर्णिम वाग्लेले बताए । ‘चुनाव लोकतान्त्रिक उत्सव पनि हो र रणनीतिक रुपमा भन्दा एउटा ठूलो महासंग्राम पनि हो’, रास्वपाले शनिबार काठमाडौंमा गरेका कार्यक्रममा वाग्लेले भने, ‘चैत १७ पछि अर्को एक महिना त्यो उम्मेदवारलाई नजिताएसम्म रास्वपालाई अन्य कुरामा बरालिने छुट छैन ।’

सके भौतिक रुपमा उपस्थित हुन, नभए फेसबुक, ट्वीटर सहितका सञ्जालमार्फत माहौल बनाउन आग्रह गर्दै उनले भने, हाम्रो उम्मेदवारलाई शानदार मतका साथ बिजयी गराएर संसदमा छिराउन सक्यौं भने २० बाट २१, २१ बाट २२ र २२ बाट १५० को हाम्रो यात्रा तय हुन्छ ।’

४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपाले १० वैशाख २०८० मा भएको उपनिर्वाचनमा चितवन २ जोगायो भने तनहुँ १ मा जितेर थप एक सिट थपेको थियो ।

दोहोरो नागरिकता प्रकरणमा सांसद पद गुमाएका रवि चितवन २ मा पुनः निर्वाचित भएका थिए भने नेपाली कांग्रेसबाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ–१ बाट रास्वपाको २१ औं सांसदका रुपमा स्वर्णिम निर्वाचित भएका थिए ।

इलाम २ को उपचुनाव जिते २०८४ मा १५० सिट जितेर बहुमतको सरकार बनाउने आधार तयार पार्ने भन्दै रास्वपा उपसभापति वाग्लेले भने, ‘इलाम-२ लाई जित्यौं र २२ औं सांसदलाई प्रवेश गराउन सक्यौं भने २०८४ का लागि मार्गप्रशस्त गरिदिनेछ । त्यो उत्साह उमंग कसैले रोकेर रोकिने छैन ।’

कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले पनि इलामको चुनाव पार्टीका लागि महत्वपूर्ण भएको बताए । उनले सदनमा प्रतिपक्षमा बस्दा खेलेको भूमिका र अहिले सरकारमा गएर गरेको कामकै बलमा चुनाव जित्ने आशा राखेको बताए ।

‘इलाममा आउँदै गरेको निर्वाचन कामको बलमा जित्ने हामीले आशा राखेका छौं’, उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले भने, अहिले हामीले गरेको कामले नेपाली जनताले थाहा पाउन् कि यिनलाई अझै शक्तिशाली बनायो भने यिनीहरुले काम गर्छन् भन्ने थाहा पाउन् ।’ प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्